कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विपद् रोक्न सरकार भारतसँग दह्रो रुपमै प्रस्तुत हुनुपर्छ : दाहाल

सन्तोष सिंह

धनुषा — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तराई-मधेसको डुबान रोक्न भारत सरकारसँग प्रस्ट रुपमा समझदारी गर्नु पर्ने बताएका छन् । 'भारत तर्फबाट सीमा क्षेत्रमा बन्ने सडक र बाँधले नेपाली भू-भाग डुबानमा पर्ने भएकोले सरकारले भारतसँग दह्रो रुपमै कुरा गर्नुपर्छ,' दाहालले भने, ‘बाढीले नेपाल मात्रै नभएर भारतसमेत समस्यामा छ । यो समस्या दुई देशको केन्द्रबाटै समधान गर्नु पर्छ ।' डुबान पीडित क्षेत्रका जनतालाई  विशेष प्याकेज ल्याउने तयारी भइरहेको उनले बताए ।

विपद् रोक्न सरकार भारतसँग दह्रो रुपमै प्रस्तुत हुनुपर्छ : दाहाल

जिल्ला विपत् व्यवस्थापन समितिको मंगलबार बैठकमा सहभागी नेकपा अध्यक्ष दाहालले प्रदेश २ को बाढी, डुबान, खडेरी, आगलगीको सवालमा सरकारले दिर्घकालीन समाधान खोज्ने बताए । विपत् आउँदा हेरक वर्ष उद्धार र राहतको गोलचक्र सुरु हुन्छ,' दाहालले भने, ‘यो परम्परा चक्रव्युह जस्तै भएको छ । तर, विपदाको चुरो कुरा र दिर्घकालीन समाधानबारे बहस आवश्यक छ । 'परिवर्तनका लागि सबैभन्दा बढी संघर्ष गरेको प्रदेश २ मा अन्न भण्डारको संरक्षण गर्न सरकार छलफलमा जुटेको छ,' उनले भने ।


'नदीमा नियन्त्रण गर्न मन खोलेर लाग्नु पर्छ,' दाहालले भने, ‘नदीमा दिर्घकालीन समधानका लागि बाँध बाँध्नु पर्छ । आगलगीको समस्या समधान गर्न जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर आवश्यक छ ।' नेकपा पार्टी र सरकारको प्रदेश २ को विपत्बारे ध्यान केन्द्रित भएकोले चाँडै विपतको मध्यकालीन र दिर्घकालीन समधान खोजिने दाहालले बताए । तराइको विपत समधानका लागि चुरे संरक्षणमा दाहालले जोड दिए ।


बाढी, आगलागी र सीमा समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनले भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमीकरणको स्थायी समाधान छैन ।’ पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने बताए । उनले जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण गर्नुपर्ने बताए ।


कार्यक्रममा नेकपाका नेता माधवकुमार नेपालले तराईको डुबान रोक्न भारतसँग समन्वय गर्नु पर्नेमा जोड दिए । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले डुबान बाढी र डुबान पीडितलाई तत्काल उद्धार र राहत वितरण गरी सहयोग गरेको बताए । विपदको प्रमुख कारण चुरे दोहन रहेकाले यसको संरक्षण आवश्यक रहको उनले बताए । ‘अहिले चुरीया क्षेत्रमा सरकारले बस्ती बसाउन जग्गा दिने कुरा सुन्नमा आएको छ । मदन भण्डारी मार्ग पनि निमार्ण हुने सुनेको छु । यस्तो हुने हो भने मधेसको विनास हुन्छ,’ मन्त्री यादवले भने ।

प्रकाशित : भाद्र ३, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?