योजना आयोगका नासु सिंहदरबारस्थित कार्यालयमा मृत फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारस्थित कार्यालयमै मृत फेला परेका छन् । कार्यालयका नायब सुब्बा बच्चु केसी मंगलबार बिहान आयोगको बैठक कक्षमा मृत भेटिएका हुन् ।

ZenTravel

उनको साथबाट विषादीको ट्याबलेट समेत भेटिएको छ।घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका डीएसपी होविन्द्र बोगटीले बताए।

Meroghar

महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी कौशल बुढाथोकीका अनुसार मृतकको सुसाइड नोट पनि फेला परेको छ।

प्रकाशित : भाद्र ३, २०७६ १२:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आत्मनिर्भर नीति चाहियो

कान्तिपुर संवाददाता

कुनै बेला भृकुटी कागज कारखानाबाट उत्पादित कागज भारत, चीन र भूटानसम्म निर्यात हुन्थ्यो  । हामीकहाँ उत्पादित खाद्यान्न कोरिया पठाएर सहयोग गरिएको थियो  ।

वीरगन्ज कृषि औजारद्वारा उत्पादित कृषि औजार जापानसम्म पुग्थ्यो । देशमा धेरै उद्योगधन्दा, कलकारखानाहरू सञ्चालित थिए । तीमध्ये विराटनगर जुट मिल, हेटौंडा सिमेन्ट उद्योग, हेटौंडा कपडा उद्योग, वीरगन्ज चीनी कारखाना अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका उद्योगहरू थिए । एभरेडी ब्याट्री, एभरेस्ट टुथपेस्ट, नेबिको बिस्कुटजस्ता उद्योगहरू पनि लोकप्रिय थिए । ट्रलीबस थियो । रोपवे थियो । औषधी उद्योग थियो । मानिसहरू कृषि पेसामा रमाउँथे । कलकारखाना प्रशस्त भएको हुँदा धेरै युवा वर्गले यहीं काम पाएका थिए । देशको रकम आजजसरी विदेश जान पाउँदैनथ्यो ।
केही दशकयता नेपालमा फरक खालको ‘विकास’ हुन थाल्यो । उल्लिखित उद्योगधन्दाहरू धमाधम बन्द हुनथाले । नेतृत्व वर्गमा देशका लागि राम्रो काम गर्न होइन, सरकार र शक्तिमा गएर कसरी कमाउने भन्ने खालको प्रवृत्ति देखियो । जनप्रतिनिधिहरूको सङ्ख्या बढ्यो । राजनीतिमा सुविधा र मोजमज्जा गर्ने प्रवृत्तिले परम्पराको रूप लियो । त्यसैले यहाँ जसले ‘यस्तो–उस्तो विकास गर्‍यौं’ भनेर जति फुइँ लाए पनि ती सबै असल नीति र नेताका कारण होइन, समयक्रममा स्वाभाविक रूपमा स्वतः भएका हुन् ।
अहिले हामीकहाँ विकासको स्वरूप र परिभाषा नै बिग्रिएको छ । विदेश जान, विदेशी उत्पादन लाउन र विदेशी कुरा खान नै विकास हो भन्ने ठान्न थालिएको छ । सरकार पनि नयाँ–नयाँ देशमा श्रम सम्झौता गर्न मरिहत्ते गर्छ । नागरिकको मन यो देशमा अडिँंदैन । सरकार र नागरिकको मनसाय कस्तो मिलेको ! अनि भाषण छाँटिन्छ– मेची–महाकाली, नारा लगाइन्छ– ‘समृद्ध नेपाल सुखी नेपाली !’
वास्तवमा असल नेता, आत्मनिर्भर नीति र राष्ट्रवादी भावना नभएसम्म हामीले समृद्धि हेर्न/भोग्न गाह्रै छ ।
– वृन्दा श्रापित, गुमनाम टोल, ओखलढुंगा

प्रकाशित : भाद्र ३, २०७६ १२:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×