वडाध्यक्ष पक्राउ

खोटाङ — कुटपिटमा संलग्न रहेको आरोपमा केपिलासगढी गाउँपालिका–५ का वडाध्यक्ष खगेन्द्र राई पक्राउ परेका छन् । स्थानीय ३० वर्षीय महेश राईलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष पक्राउ

‘अहिले घटनाको छानबिनका लागि उहाँहरूलाई ल्याइएका हौं,’ डीएसपी वामदेव गौतमले भने, ‘दोषी ठहरिएपछि मात्र मुद्दा चल्ने, नचल्ने थाहा हुन्छ ।’ गत बिहीबार भएको कुटपिटबाट राई गम्भीर घाइते छन् ।


जिल्लामा उपचार हुन नसकेपछि आइतबार उनलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।


प्रकाशित : भाद्र २, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?