विश्वविद्यालयभित्रैबाट उपकुलपति नियुक्ति माग

कान्तिपुर संवाददाता

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले केही दिनपछि रिक्त हुने उपकुलपतिमा विश्वविद्यालयभित्रकै प्राध्यापकलाई नियुक्त गर्न माग गरेका छन्।

उनीहरुले सोमवार विज्ञप्ती जारी गर्दै बाहिरका व्यक्तिलाई मात्र पदाधिकारीमा नियुक्त गर्दा विश्वविद्यालयले गति लिन नसकेको जनाएका छन् ।

विश्वविद्यालयलाई मर्यादित र पारदर्शी रुपमा सञ्चालन गर्न भित्रकै प्राध्यापकलाई उपकुलपति सहितका पदाधिकारी बनाउनुपर्ने उनीहरुको जोड छ ।

प्रकाशित : भाद्र २, २०७६ २०:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुई बसमा लुटपाट

कान्तिपुर संवाददाता

डोटी — स्थानीय युवाहरुले आइतबार राति डोटीमा दुई बसमा लुटपाट गरेका छन् । लुटपाटका क्रममा तीन जना घाइते भएका छन् । अछामबाट कैलालीको टीकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बसबाट डोटीको शिखर नगरपालिका ६ तल्कोटमा नगद ९० हजार लुटिएको पीडित तेजबहादुर मल्लले बताए ।

उनको कान, टाउको र छातीमा चोट छ। सुरुमा मल्लकै गाडीमा उनीहरुले आक्रमण गरेका थिए।

गाडी रोक्न लागेपछि अघि बढ्न खोज्दा पछाडिबाट ढुंगाले प्रहार गरेको मल्लले बताए। ‘पछि के भयो भनेर म गाडी रोकेर बाहिर निस्किएँ’, उनले भने, ‘गाडी रोक् भनेको सुन्दैनस् भनेर कानमा मुक्का हाने। र लगातार सबैले भकुरे। पैसा लगेपछि छाडे।’

त्यसको करिब १० मिनेटपछि अछामबाटै मोहन मल्लको ना ५ख ७१२१ नम्बर बस पनि उनीहरुले रोके। ढुंगामुढा प्रहार गर्दै राति साढे ८ बजे बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुँवरले बताए। ‘एक्कासि १०/१२ जनाको समूह गाडी रोक्न आयो, चालक र सवारी धनीलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे,’ घाइते अर्जुनले भने, ‘झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुंगाले आक्रमण गरे। त्यही क्रममा मलाई पनि चोट लाग्यो।’

सवारीधनीको कपडा च्यातेर लुटेराहरु नगद पैसा लुटेर भागेको उनले बताए।

प्रकाशित : भाद्र २, २०७६ २०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT