कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई बसमा लुटपाट

डोटी — स्थानीय युवाहरुले आइतबार राति डोटीमा दुई बसमा लुटपाट गरेका छन् । लुटपाटका क्रममा तीन जना घाइते भएका छन् । अछामबाट कैलालीको टीकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बसबाट डोटीको शिखर नगरपालिका ६ तल्कोटमा नगद ९० हजार लुटिएको पीडित तेजबहादुर मल्लले बताए ।

दुई बसमा लुटपाट

उनको कान, टाउको र छातीमा चोट छ । सुरुमा मल्लकै गाडीमा उनीहरुले आक्रमण गरेका थिए ।


गाडी रोक्न लागेपछि अघि बढ्न खोज्दा पछाडिबाट ढुंगाले प्रहार गरेको मल्लले बताए । ‘पछि के भयो भनेर म गाडी रोकेर बाहिर निस्किएँ’, उनले भने, ‘गाडी रोक् भनेको सुन्दैनस् भनेर कानमा मुक्का हाने । र लगातार सबैले भकुरे । पैसा लगेपछि छाडे ।’


त्यसको करिब १० मिनेटपछि अछामबाटै मोहन मल्लको ना ५ख ७१२१ नम्बर बस पनि उनीहरुले रोके । ढुंगामुढा प्रहार गर्दै राति साढे ८ बजे बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुँवरले बताए । ‘एक्कासि १०/१२ जनाको समूह गाडी रोक्न आयो, चालक र सवारी धनीलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे,’ घाइते अर्जुनले भने, ‘झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुंगाले आक्रमण गरे । त्यही क्रममा मलाई पनि चोट लाग्यो ।’


सवारीधनीको कपडा च्यातेर लुटेराहरु नगद पैसा लुटेर भागेको उनले बताए ।

प्रकाशित : भाद्र २, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?