उच्च अदालत पोखराका न्यायाधीश जीवनहरी अधिकारीद्वारा राजीनामा

काठमाडौँ — उच्च अदालत पोखराका न्यायाधीश जीवनहरी अधिकारीले राजीनामा दिएका छन् । क्षेत्राधिकार नभएको मुद्दा हेरेको आरोपमा न्यायपरिषदले समिति गठन गरेर छानबिन थालेसँगै अधिकारीले राजीनामा दिएका हुन् ।

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरी अधिकारीद्वारा राजीनामा

उनले सपना मल्ल प्रधानको छानबिन समितिमा आफ्नो भनाई राखेसँगै राजीनामा दिएको बताए । उनले राजीनामा घरायसी कारण उल्लेख गरेका छन् । उमेरहदका कारण उनको पदावधि करिब ५ महिनामात्रै बाँकी थियो ।


न्यायपरिषद्‌बाट सचिव भएका उनी तत्कालीन पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?