१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भोटेकोसीको बाढीले टिमुरेमा बेलिब्रिज बगायो

बलराम घिमिरे

रसुवा — भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।

भोटेकोसीको बाढीले टिमुरेमा बेलिब्रिज बगायो

भन्सार र्‍याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन बगाएको प्रमुख छवि गैरेले बताए ।

बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ । पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको उनले बताए ।

तस्बिर सौजन्य : छवि गैरे

भोटेकोसी किनारामा भन्सार र्‍याड रहेकाले पार्किङमा राखिएको कन्टेनर राति नै सुरक्षित स्थानमा सारिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

खाल्टे लगायत खोलाको आसपास क्षेत्रका नागरिकलाई राति नै सुरक्षित स्थानमा बस्न र विशेष सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको छ उनले भने ।

प्रकाशित : भाद्र २, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?