नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

दुर्गा खनाल

काठमाडौँ — नेकपाले वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ । यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए । 

नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो । जुन निर्णयमा खनालले त्यसबेलादेखि नै 'रिजर्भेसन' राख्दै आएका थिए । अब नेकपाको वरीयताक्रममा दुई अध्यक्षपछि खनाल र त्यसपछि नेपाल हुनेछन् । ‘पार्टीभित्र मैले राख्दै आएको कुरा सम्बोधन भएको छ, पार्टीले आफ्नो गल्ती सच्चाएको छ’ खनालले कान्तिपुरसँग भने ।


यो पनि

प्रकाशित : भाद्र १, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?