एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

रासस

भक्तपुर — माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको छ ।

ZenTravel

परीक्षामा करिब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।

Meroghar

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अंग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए।

गत असार १२ गते सार्वजनिक गरेको एसईईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको संख्या बढेकोहो। परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित : भाद्र १, २०७६ ११:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चट्याङले ६१ भेडा मरे, १० लाख बराबरको क्षति

रासस

म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् ।

करिब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेतरहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए। सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन्। लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन्।

एक भेडाको मूल्य १५ हजारदेखि २५ हजार छ। सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए। घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ। पाउद्वार गाउँदेखि खयर पुग्न करिब १२ घण्टा उकालो हिँड्नुपर्छ। पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन्।

प्रकाशित : भाद्र १, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×