२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दाहाल भन्छन्, 'एकता नगरेको भए विकल्प रहन्थे कि ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको तत्कालीन माओवादी केन्द्रले सबै विकल्प समाप्त पारेर तत्कालीन एमालेसित पार्टी एकता गरेको बताएका छन् ।

दाहाल भन्छन्, 'एकता नगरेको भए विकल्प रहन्थे कि ?'

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सबै विकल्प सकिएकाले एकतालाई सुदृढ गर्नुको विकल्प नरहेको धारणा राखे ।


पार्टी एकता सुदृढ नभए मुलुक सफल नहुने र कम्युनिस्ट आन्दोलनसमेत असफल नहुने उनको भनाइ छ । ‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहीँ न कहीँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ,’ उनले भने, ‘सबै विकल्प सकेर पार्टी एकता गर्दा पनि हामीले सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ ।’


यही चिन्ताका कारण अप्ठ्यारोभन्दा अप्ठ्यारो समस्या पनि हल गर्दै पार्टी प्रक्रियालाई टुंग्याउन लागिपरेको उनले बताए । शुक्रबार बसेको सचिवालय बैठकले पनि त्यस्तै अप्ठ्यारो समाधान गरेको उनको भनाइ छ ।


विगतमा कतिपयले आफूहरूलाई सशस्त्र द्वन्द्वबाट गणतन्त्र ल्याउन सक्दैनन् भनेको उल्लेख गर्दै उनले अहिले पनि पार्टी एकता टिक्न सक्तैन कि भन्ने टिप्पणी भइरहेको बताए । ‘कतिले पार्टी एकता सम्भव हुन्न भन्थे, तर हामीले गर्‍यौं,’ उनले भने, ‘तर हेर्दै जानुहोला अब सुदृढ एकतासहित नेकपा राष्ट्र हाँक्ने सशक्त पार्टी बन्नेछ ।’


प्रकाशित : श्रावण ३२, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?