गंगटो हैन कमिलोजस्तै बनौँ : लालबाबू

रासस

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गंगटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेकपा बागलुङले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गंगटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । 

गंगटो हैन कमिलोजस्तै बनौँ : लालबाबू

“गंगटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने,“अब कार्यकर्ता गंगटो हैन कमिलो बन्न सिकौँ ।”


सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे ।


सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए । उनले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गरे ।


अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र नभएर सबै कम्युनिष्टको भएको बताँउदै मन्त्री पण्डितले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रकाशित : श्रावण ३२, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?