२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अभिनेत्री सुभद्रा अधिकारीको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो । 

अभिनेत्री सुभद्रा अधिकारीको निधन

अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन् । उनको पार्थिव शरीर दिउँसो साढे १२ बजेसम्म डल्लुस्थित निवासमै राखिने र त्यसपछि ‍अन्त्येष्टिका गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

उनले २०७३ सालको चलचित्र दीर्घ साधाना सम्मान पाएकी थिइन् । तीन वर्षदेखि रोकिएको उक्त सम्मान अधिकारीलाई केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको थियो ।


अभिनेत्री अधिकारीले विभिन्न नाटक र चलचित्रमा अभिनय गरेकी थिइन् ।



प्रकाशित : श्रावण ३२, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?