कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

नारायण शर्मा

कावासोती — पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फीमात्र गाडी सञ्चालन हुँदा २५ किलोमिटर भन्दा लामो जाम भएको छ । बुधबार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केही तल भासिएको थियो । घण्टौंको जामले यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'
अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ। अरुण खोलाको दुवैतिर जंगल भएकोले जाममा परेका यात्रुले भोकभोकै समय कटाउनु परेको छ । सम्बन्धित निकायले यो समस्यालाई हल्का लिएका कारण पुल भाँच्चिएको करिव ६० घण्टा हुन लाग्दा पनि जाम खुल्न नसकेको आरोप यात्रुले लगाएका छन् ।

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

काठमाडौंबाट नवलपरासीको सुनवल हिँडेकी पार्वती तिमिल्सिनाले भनिन्, 'यस्तै समस्या काठमाडौं तिर भएको भए । उहिल्यै समाधान भइसक्थ्यो तर यहाँ कसैको ध्यान गएको छैन । भाँच्चेको पुल कहिले बनेर यातायात सुचारु हुन्छ ? हामीले कैलेसम्म दुःख पाउन पर्ने हो सरकार ?'

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

बालबालिका, बिरामी, वृद्धलाई जामले झन् हैरानी पारेको छ । सिकिस्त बिरामी बोकेर कुदेको एम्बुलेन्स समेत जाममा परेको छ । यस्तै फलफूल र तरकारी बोकेका सवारीसाधन पनि जाममा पर्दा तरकारी र फलफूल कुहिने पीरले व्यापारीलाई चिन्ता थपेको छ । नजिकका यात्रु हिँडेरै र टाढाका यात्रुले सवारीसाधन फेरेर जाने गरेका छन् । तर ड्राइभर तथा सहचालक सवारीसाधनमा भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । बुधबार बिहानदेखि जाममा परेका सवारीसाधन शुक्रबार बिहान वारपार गर्न पाए ।

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

अरुण खोलामाथि बनाइएको अस्थायी डाइभर्सन एकातर्फी सञ्चालन भएपनि सवारीसाधनको उछिनपाछिनले झन् समस्या थपिएको छ ।

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई हैरानी, भन्छन् - '६० घण्टा हुँदा पनि जाम खुलेन, कसले खुलाउने हो जाम ?'


प्रकाशित : श्रावण ३१, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?