२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेकपाको स्कुल विभाग रक्षामन्त्री ईश्वर पोखरेललाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले पार्टी भित्रको आन्तरिक विवाद मिलाउँदै निकै रस्साकस्सी परेको स्कुल विभाग ईश्वर पोखरेललाई दिएको छ । सचिवालयको शुक्रबारको बैठकले विभागको नेतृत्व टुंगो लगाएको हो ।

नेकपाको स्कुल विभाग रक्षामन्त्री ईश्वर पोखरेललाई

स्कुल विभागकै दाबेदार नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग जिम्मेवारी दिने सहमति भएको छ । तत्कालीन एमाले पक्षबाट पोरखेले उक्त विभागको दाबी गरेपछि माओवादी पक्षले उनको नाममा असहमति जनाएका थियो । माओवादी पक्षबाट श्रेष्ठले पाउनुपर्ने भन्दै यो विवाद निकै लम्बिएको थियो ।

तत्कालीन एमालेले लिएको जनताको बुहदलीय जनवादको दिशामा पार्टीलाई लैजानुपर्ने वकालत गर्ने व्यक्ति भएकाले पार्टीको मुख्य सैद्धान्तिक प्रशिक्षण गर्ने निकायमा पोखरेललाई लैजान नहुने माओवादी पक्षले जोडबल गरेको थियो । माओवादी पक्षले जनताको जनवाद भन्ने पार्टीको पछिल्लो सहमतिलाई सैद्धान्तिक आधार बनाएर लैजानका लागि आफ्नो पक्षका नेता श्रेष्ठलाई दिनुपर्ने अडान राख्दै आएको थियो ।

यो विवादका कारण पार्टी भित्रको आन्तरिक एकता झन् टाढिने अवस्था आएसँगै शुक्रबारको बैठकमा यो विषयलाई धेरै लम्बाउन हुने भन्दै नेताहरुले सहमति गरेका हुन् ।


विदेश विभागको प्रमुख वरिष्ठ नेता माधव नेपाल, नीति तथा अनुसन्धान विभागको अर्का वरिष्ठ नेता झलनाथ खनालको नाममा सहमति भएको छ । अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?