कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रहरी कुट्ने नेता पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — समाजवादी पार्टी मोरङका नेता उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । ड्युटीमा खटिएका प्रहरीलाई मादक पदार्थ सेवन गरी हातपात गरेको आरोपमा यादवलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यादव गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवारसमेत थिए ।

प्रहरी कुट्ने नेता पक्राउ

यादवलाई मंगलबार राति मोटरसाइकलमा घर जाने क्रममा रोडशेष चोकमा प्रहरीले रोकेका थिए । प्रहरी जवान श्यामकुमार चौधरीले मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाउने भनेपछि यादवले हातपात गरेको प्रहरीले जनाएको छ । त्यसपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले सोधपुछ गरेको थियो ।


प्रहरीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङबाट ७ दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।


यादव पक्राउ परेपछि जिल्लाका सत्ता पक्षधर सांसद तथा नेताहरूले छाड्न प्रहरीलाई दबाब दिइरहेको स्रोतले जनाएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले छानबिन सकिएपछि जिल्ला प्रशासनमा बुझाउने बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?