२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

राप्रपाको केन्द्रीय समिति बैठक भदौ दोस्रो साता

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोजमा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक भदौ दोस्रो साता

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।


देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पुर्याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ ।


अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले राप्रपाले लिएको वैचारिक दृष्टिकोणकाबारे फैलिएका भ्रमलाई प्रशिक्षकले जनतालाई बुझाउन निर्देशन दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?