१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ट्राफिकको गाडीले ठक्कर दिँदा मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महाशाखाको बा१झ ७८६६ नम्बरको गाडीले आकाशे पुलमुनि एक जनालाई ठक्कर दिएको थियो । 

ट्राफिकको गाडीले ठक्कर दिँदा मृत्यु

घाइते व्यक्तिलाई तुरुन्तै ट्रमा सेन्टरमा पुर्‍याइएकोमा बुधबार बिहान मृत्यु भएको हो । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले मृतकको पहिचान हुन नसकेको बताए ।

प्रकाशित : श्रावण २९, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?