कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक संशोधन हुने बताएका छन् । नेपाल पत्रकार महासंघले राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, नेताहरु र महासंघका पदाधिकारीबीच बुधबार गरेको अन्तरसम्वादमा अध्यक्ष तिमिल्सिनाले महासंघ र दलहरुबीचको सहमतिअनुसार विधेयक संशोधन गरी अघि बढ्ने बताएका हुन् ।

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

उनले सत्य तथ्य समाचार प्रवाह गर्ने दायित्वबारे सचेत रहन पनि आग्रह गरे । उक्त विधेयक राष्ट्रिय सभामा पेस भएको छ ।


राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाका सुझावलाई छलफलमा लैजाने भन्दै संविधानको मूल मर्मविपरीत कुनै पनि कानुन नबन्ने धारणा राखिन् ।


राष्ट्रिय सभामा सत्तारुढ नेकपा नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक सम्बन्धमा स्वायत्तताको कुरामा दायाँबायाँ नहुने भन्दै गठन प्रक्रिया सुधार हुने बताए । विधेयकमा भएको दण्ड जरिवाना हटाउनु पर्छ वा राख्नु पर्छ भन्नेबारे महासंघसँग छलफल गरेरमात्र अघि बढ्ने उनको भनाइ थियो ।


। प्रमुख प्रतिपक्ष कांग्रेसका नेता सुरेन्द्र पाण्डेले मिडियामैत्री कानुन बन्नेमा ढुक्क हुन आग्रह गरे ।


पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी सबै कानुन अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य मान्यताका अधारमा हुनुपर्ने धारणा राखे ।

प्रकाशित : श्रावण २९, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?