महेन्द्रराजमार्गस्थित अरुणखोला पुल ट्रकको ठक्करका कारण भाँचिदा आवगमनमा बाधा, धेरै लामो जाम

नारायण शर्मा

काठमाडौँ — अति व्यस्त पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित अरुणखोला पुल भाँचिदा आवगमनमा बाधा पुगेको छ । पुलको दाहिने तर्फको फलामेबारमा ट्रक ठोक्किएका कारण भाँचिएको छ भने पुलको पक्कि सडक संरचना केही तल दबेको छ ।

महेन्द्रराजमार्गस्थित अरुणखोला पुल ट्रकको ठक्करका कारण भाँचिदा आवगमनमा बाधा, धेरै लामो जाम

जिल्ला ट्राफिकका सई राजेन्द्र कार्कीका अनुसार बुधबार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केहि तल भासिएको छ ।

दुर्घटना लगत्तै पुगेको प्रहरीले पूर्वपश्चिम हिँडेका ठुला गाडीलाई त्यहाँबाट गुड्न दिएको छैनन् । ठूला र भारिबोकेका गाडी दौडाउँदा पुल अझै बढी भासिएला भनेर आवगमनमा रोक लगाएको कार्कीले जानकारी दिए । आवगमनमा रोक लगाइएपछि महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सयौं गाडी चोरमारा र अरुणखोलामा जाममा परेका छन् ।

लामोदुरीका बसका यात्रुलाई पैदल हिँडाएर रित्तो गाडी भने संचालन हुन दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । मालवाहक ट्रक भने त्यहाँबाट पास हुन नदिँदा पूर्वपश्चिम हिँडेका मालवाहक गाडी जाममा परेका छन् । साना गाडी र मोटरसाइकल भने बिना रोकटोक संचालन भैरहेको छ ।

सडक डिभिजन कार्यालयलाई पुलको अवस्थाका बारेमा खबर गरिएको प्रहरीले जानकारी दिएको कछ ।


प्रकाशित : श्रावण २९, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?