कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीनका २२ सय कामदार

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम विभागले २ हजार २ सय ४ जना चिनियाँ कामदारलाई श्रम स्वीकृति दिएको छ । गत वर्ष ७७ महिलासहित १ हजार ३ सय १७ जनालाई स्वीकृति दिइएको थियो । 

नेपालमा निर्माणाधीन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेको विभागको भनाइ छ । गृह मन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रम स्वीकृति दिने गरिएको छ । श्रम ऐन २०७४ अनुसार नेपालमा दक्ष कामदार नभए मात्रै विदेशी कामदारलाई श्रम स्वीकृति दिइन्छ ।


विदेशी कामदारको श्रम स्वीकृतिका लागि ६ महिनासम्म रोजगारदाताले १५ हजार र त्यसभन्दा बढीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।


एकपटकमा एक वर्ष नबढ्ने गरी श्रम स्वीकृति दिने व्यवस्था छ । नेपालमा श्रम स्वीकृति पाउने कुल कामदारको संख्या ३२ सय ९८ छ ।

प्रकाशित : श्रावण २७, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?