समाजवादीका सांसद यादवले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएका उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताए ।

समाजवादीका सांसद यादवले दिए राजीनामा

‘मलाई डाइबिटिज लगायत समस्या थियो । पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो,’ सांसद यादवले भने, ‘त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन् ।


‘उहाँ आफ्नो क्षेत्रको राम्रो डाक्टर हो, पछि राजनीतिमा आउनुभयो,’ हाल समाजवादी पार्टीका नेता तथा सांसद उमाशंकर अरगरियाले भने ।


यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । त्यसपछि पुनः चुनाव गराउनुपर्छ । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ ।

प्रकाशित : श्रावण २८, २०७६ ००:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?