२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तीन लाख घुससहित वन अधिकृत पक्राउ

रासस

डडेलधुरा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

तीन लाख घुससहित वन अधिकृत पक्राउ

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो ।


विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।


ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए । उनले भने, 'अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ ।' अख्तियारको टोलीले तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए ।


उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?