१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

११ वर्षीया बालिकाको बलात्कार आरोपमा कामनपाका कुचीकार प्रमुख पक्राउ, महानगरको कार्यालय भित्रै लगेर बलात्कार गरेको उजुरी

जनकराज सापकोटा

काठमाडौँ — ११ वर्षीया बालिकालाई काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगेर बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकामा कार्यरत कुचीकार प्रमुख बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको छ ।

११ वर्षीया बालिकाको बलात्कार आरोपमा कामनपाका कुचीकार प्रमुख पक्राउ, महानगरको कार्यालय भित्रै लगेर बलात्कार गरेको उजुरी

पीडित बच्चीले आफ्नी आमालाई पुजाराले गर्ने गरेको कुकृत्यका बारे भनेपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो । आइतबार उजुरी परेसँगै प्रहरीले पुजारीलाई नियन्त्रणमा लिएर अनुशन्धान प्रकृया अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।


काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारीलाई पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरिसकेको र बालिकाको स्वास्थ्य परीक्षण पनि गराइएको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?