२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सिंहदरबार वृत्तको हिरासतबाट भागेका ४ जना मध्ये ३ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतबाट भागेका चारजना मध्ये तीनजनालाई प्रहरीले पुन: पक्राउ गरेको छ । शनिबार मोटरसाइकल चोरीको केसमा अनुशन्धानका लागि पक्राउ परेका चारजनाले कारगारको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए ।

सिंहदरबार वृत्तको हिरासतबाट भागेका ४ जना मध्ये ३ पक्राउ

चारजना फरार भए लगत्तै अनिल थापा, सुब्बा लामालाई प्रहरीले कालिकास्थानबाट तुरुन्तै पक्राउ गरेकी थियो भने सुकलाल वाइवालाई सोमबार बिहान दक्षिण ढोकाबाट पक्राउ गरेको हो । फरार रहेका मदन तामाङको भने खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका डिएसीपी होबिन्द्र बोगटीदले जनाकारी दिएका छन् ।


उनीहरुलाई भाग्नका लागि सहयोग गर्ने करण मोक्तान र रमेश सुनुवारलाई पनि प्रहरीले दक्षिण ढोकाबाट पक्राउ गरेको छ ।


प्रहरीले कारगारबाट कैदी भागेको विषयमा छानबिन गर्न महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहको नेतृत्वमा एक समिति पनि गठन गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?