१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वडा कार्यालयमा कुकर बम विस्फोट

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिका–९ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार बिहान साढे ४ बजे बिर्तामोड ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको हो ।

वडा कार्यालयमा कुकर बम विस्फोट

वडा नम्बर ९ का वडा सचिव बस्ने कोठामा विस्फोट गराइएको छ । विस्फोटबाट कार्यालयका ६ वटा झ्याल, एउटा कम्प्युटर, कार्यालय भवनको पर्खाल, कोठा भित्र रहेका ४ वटा कुर्सी, २ वटा टेबुललगायत फर्निचरमा क्षति पुगेको छ ।

अपरिचित व्यक्तिहरुले कुकर बम विस्फोट गराएको वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए । घटनाबारे कसैले जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?