गाउँपालिकाको गाडीमा आगजनी

दुर्गालाल केसी

दाङ — बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा शनिबार राति आगजनी भएको छ ।

गाउँपालिकाको गाडीमा आगजनी

मुर्कटी बजारस्थित घरनजिकै रहेको वडानं. ५ को कार्यालयमा पार्किङ गरेको समयमा राति १ बजेतिर आगजनी भएको अध्यक्ष ओलीले बताए ।


प्रहरी चौकी कमिरेचौरबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा राती आगो निभाइएको उनले बताए । बंगलाचुली जिल्लाको उत्तर पहाडी क्षेत्रमा पर्ने गाउँपालिका हो ।


सदरमुकाम घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको र आगलागी कसले गर्‍यो भन्नेबारे खुल्न नसकेको पाण्डेले जानकारी दिए ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?