कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संघीयताप्रति दाहालको टिप्पणी- 'रोपेको चिज जस्तो उम्रिन पर्थ्यो, त्यस्तो उम्रिरहेको छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनप्रति असन्तुष्टि प्रकट गरेका छन् । 

चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले तीन तहका सरकार निर्माण गरी सिंहदरबारको अधिकार तलसम्म पुर्‍याउने प्रणाली स्थापना गरे पनि सोचे जसरी काम हुन नसकेको बताए ।

संघीयताप्रति दाहालको टिप्पणी- 'रोपेको चिज जस्तो उम्रिन पर्थ्यो, त्यस्तो उम्रिरहेको छैन'

'हामीले त जनतालाई घरदैलोमै सेवा दिने भनेका हौं । जनतालाई प्राकृतिक, स्रोध साधनमाथि स्वामित्व स्थापित गराउने भनिएको हो तर कयौं ठाउँमा उल्टो भइरहेको छ ।'


करबारे विभिन्न क्षेत्रबाट सरकारको आलोचना भइरहेको सन्दर्भमा जनतालाई कर थोपर्ने कुनै मनसाय नभएको दाहालले स्पष्ट पारे । 'करको भारी जनताको थाप्लोमा थोपर्ने भन्ने हाम्रो विल्कुल मनसाय होइन' उनले उल्लेख गरे, 'स्थानीय तहले, प्रदेशले पनि त्यही विषयमा कर लगाउने र संघले पनि कर लाउने भयो, विस्तारै संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनताको अधिकार स्थापित गर्ने भनेको त झुटो पो रहेछ भन्ने पर्दा म आफैंलाई बडो बिडम्बना लाग्छ ।' सोचे जसरी राज्य संरचना अघि नबढ्दा फरक परिणाम आउने स्थिति बनेको अध्यक्ष दाहालको भनाइ थियो । 'हामीले रोपेको एउटा, अर्कै उर्मेला जस्तो भएको छ, ’ उनले भने ।


आफूहरुले जनताको घरदैलोमा नागरिकता, प्रशासन, मालपोतसँग सम्बन्धित समस्याको हल गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारसम्बन्धी समस्या हल गर्ने संरचना तलसम्म जाउन् भन्ने सोचेको बताए । संघीयता विरोधीले घुमाइफिराइ यो व्यवस्थाले झन् झमेला सृष्टि गर्‍यो, स्थानीय तहलाई बढी अधिकार दिइयो भने अराजकजता आउँछ, प्रदेशलाई बलियो बनाइयो भने अनावश्यक प्रशासनिक जटिलता, आर्थिक जटिलता पैदा हुन्छ भन्ने भ्रम फैलाइरहेको उनको आरोप थियो ।


प्रकाशित : श्रावण २५, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?