कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नारायणी किनारमा महिलाको शव भेटियो, बस दुर्घटनामा बेपत्ता मध्येको हुन सक्ने अनुमान 

नारायण शर्मा

नवलपरासी — नारायणी नदी किनारमा एक अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ केउरेनी स्थित नदी किनारमा महिलाको शव फेला परेको हो । 

उक्त शव शुक्रबार त्रिशूलीमा भएको बस दुर्घटनामा बेपत्ता मध्येको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार गोरो वर्णकी महिलाले पहेलो कुर्ता सलवार लगाएकी छिन् । बाँया हातमा मेहन्दी, दुवै खुट्टामा पाउजु र कानमा टप लगाएको अवस्थामा शव रहेको छ ।


बिहानै नदी किनारमा चौपाया लिएर जानेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमकालागि चितवनस्थित सरकारी अस्पतालमा पठाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?