शिल्पाविरुद्ध पक्राउ पुर्जी खारेज गर्न अस्वीकार

कान्तिपुर संवाददाता

काठमाडौँ — उच्च अदालत पाटनले नायिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दामा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी खारेज गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौंले निर्देशक छवि ओझासँग बहुविवाह गरेकी शिल्पालाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।

पुर्जी जारी भएपछि फरार रहेकी शिल्पाले जिल्लाको आदेशविरुद्ध साउन १६ गते उच्च अदालतमा निषेधाज्ञा जारी गर्न माग गर्दै रिट दिएकी थिइन् ।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलासले शुक्रबार जिल्ला अदालतको आदेशलाई सदर गर्दै शिल्पाको पक्षमा आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतको आदेशपछि बहुविवाह मुद्दामा छवि र शिल्पा पक्राउ पर्नबाट जोगिने कानुनी बाटो समाप्त भएको छ । छविकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा छवि र शिल्पाविरुद्ध बहुविवाहमा कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेकी थिइन् ।

प्रकाशित : श्रावण २४, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु 

हरिहरसिंह राठौर

धादिङ — सर्लाही सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् भने २६ जना बेपत्ता छन् ।

मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत हुन सकेको छ । मुग्लिन, जुगेडीमा एउटा, कृष्णभीरमा एउटा र तनहुँको देवघाट, गोरखातर्फको किनारमा थप २ शव फेला परे पनि सोही बसका यात्रु भए/नभएको यकिन नभएको प्रहरीले जनाएको छ । फेला परेका ५ शवको सनाखत हुन नसकेको घटनास्थलमै पुगेका धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए ।

ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान साढे ३ बजे दुर्घटनामा परेको हो । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी सर्लाहीले जानकारी दिएको थियो । घाइतेका अनुसार सर्लाहीको हरिवनसम्म सवारी धनी आफैंले बस चलाएर हरिवनकै पेट्रोलपम्पमा तेल हालेपछि भने चालक जीवन विकले चलाएका थिए ।


प्रकाशित : श्रावण २४, २०७६ २०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्