पोखराका सडक डिभिजन इन्जिनियरसहित ५ जना पक्राउ, घूसको ९ लाख बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ । 


उनीहरु इन्जिनियर पोखरेलको निवास पोखराबाटै बिहीबार साँझ पक्राउ परेका हुन्।

प्रकाशित : श्रावण २३, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

कामिरिता ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त 

रासस

काठमाडौँ — सगरमाथाको २४ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा ‘हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल’ कम्पनीको प्रमुख ‘एड्भेञ्चर कन्सल्टेन्ट’ तथा ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् ।

उक्तसम्बन्धी सम्झौतापत्रमा बिहीबार यहाँ आरोही शेर्पा र कम्पनीका अध्यक्ष सागर पाण्डेले हस्ताक्षर गरे। सम्झौतानुरुप कामिरिताले आगामी दुई वर्षसम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा ‘बेस क्याम्प’, ‘आइल्याण्ड पिक’ र ‘किलिमञ्जरो’को साहसिक यात्राका सम्बन्धमा प्रमुख परामर्शदाताका रुपमा भूमिका खेल्ने र अन्तरर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग गर्नेछन्।
उक्त अवसरमा कीर्तिमानी आरोही शेर्पाले आफूलाई विभिन्न विदेशी कम्पनीबाट पनि प्रस्ताव आएको तर नेपालको कम्पनीमा नै काम गर्न र ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए। कम्पनीका अध्यक्ष पाण्डेले विश्व कीर्तिमानी शेर्पालाई कम्पनीको ब्राण्ड एम्बेसडरको जिम्मेवारी दिनु गर्वको विषय भएको उल्लेख गरे।

प्रकाशित : श्रावण २३, २०७६ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्