३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

निजामती अस्पतालमा अनलाइनबाट टिकट

कान्तिपुर संवाददाता

काठमाडौँ — मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले जाँच गराउनका लागि घरमै बसेर ओपीडी टिकट काट्ने सेवा दिन थालेको छ । ओपीडीमा टिकट लिन सर्वसाधारणलाई धेरै समस्या भएपछि अस्पतालले अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको हो । सस्तो अस्पताल भएकाले यहाँ सर्वसाधारणको अत्यधिक भीड हुने गर्छ ।  

निजामती अस्पतालमा अनलाइनबाट टिकट

अस्पतालका अनुसार मेडिफ्लो सोलुसन र प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा ओपीडी टिकट काट्ने व्यवस्था गरिएको हो । यो सेवामार्फत टिकट काट्न मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे वालेटमा रजिस्टर भएपछि आफ्नो बैंक खाताबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको ‘हस्पिटल’ भन्ने बटनमा क्लिक गर्नुपर्छ ।


हस्पिटल बटनभित्र निजामती अस्पतालमा क्लिक गर्नुपर्छ । त्यहाँ नयाँ वा पुरानो ओपीडी भन्ने विकल्प आउँछ । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्छ । उक्त प्रक्रियापछि बिरामीले विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिन्छ ।


अस्पतालले हाल जनरल ओपीडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर, यो समय पनि क्रमशः आवश्यकताअनुसार बढाउँदै लाने जनाएको छ ।


पेइङ क्लिनिकतर्फ मोबाइलमार्फत टिकट काट्नका लागि हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ । अस्पतालमा हाल दैनिक करिब ८ सय बिरामी ओपीडीमा आउने गरेका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?