उर्जामन्त्री संसद्‌मा बोलिरहँदा धिपिक्क बत्ती निभेपछि...

कान्तिपुर संवाददाता

काठमाडौँ — उर्जामन्त्री वर्षमान पुन प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोलिरहँदा बत्ती निभेपछि केही सांसद्‌बीच हाँसो चल्यो । दिउँसो १ बजेपछि सुरु बैठकमा सभामुखसँग समय माग गरेर मन्त्री पुन रोस्ट्रममा बोल्न थाल्ने बित्तिकै बत्ती निभेको थियो ।

उर्जामन्त्री संसद्‌मा बोलिरहँदा धिपिक्क बत्ती निभेपछि...

बैठकमा जब मन्त्री पुन, मान्यजूहरुले बाढी, डुबान, पहिरोबाट विद्युत् सप्लाइसम्बन्धमा मात्रै भने भ्याएका थिए, बत्ती निभिहाल्यो । धिपिक्क बत्ती गएपछि सांसदहरु हाँसेका थिए । कतिपय भने टेबुल ठोक्दै हाँसे ।


छिनमै बत्ती आएपछि रोस्ट्रममै रहेका उर्जामन्त्री पुनले हाँस्दै भनेका थिए, 'कमसेकम बेलैमा आयो ।' त्यसपछि पनि सदनमा बेला बेला बत्ती धिपिक्क-धिपिक्क भइरह्यो । सांसदहरुले मन्त्रीको जवाफमा चित्त नबुझेपछि पुन: प्रश्न गरे । जति बेला सदनमै बत्ती गएको विषय उनीहरू उठाए ।


प्रस्टिकरण दिँदै मन्त्री पुनले संसद् र जनताको घरमा बत्ती जानु एउटै समस्या भएको बताए । सँगै संसद्‌भित्रको समस्या हल सचिवालयले गर्ने उल्लेख गरे ।

प्रकाशित : श्रावण २३, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?