१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बहुविवाह गर्ने दुई जोडी पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — बहुविवाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो । 

बहुविवाह गर्ने दुई जोडी पक्राउ

टंककी जेठी श्रीमती अमृताको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए ।


प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?