चन्द समूहका केन्द्रीय सदस्यसहित ३ पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका-६, मुरुबाट सोही गाउँपालिका-२,का ४८ वर्षीय सो पार्टीका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा पक्राउ परेका हुन् ।


यसैगरी सोही पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पूर्वका संयोजक आठबीसकोट नगरपालिका-११, का १८ वर्षीय हरि पुन र सोही संगठनको रुकुम पश्चिम जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणि गाउँपालिका-२, का १९ वर्षीय प्रेम प्रशान्त बोहरालाई पनि प्रहरीले पक्रेको छ।

केही दिन यता रुकुम पश्चिम, सल्यान र रोल्पाको सिमाना र त्यस आसपासका क्षेत्रमा चन्द समूहका गतिविधि बढेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

मंगलबार राती १० बजे जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको डिएसपी खड्काले बताए। प्रतिबन्धित नेकपाका गतिविधि बढेको भन्ने गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको डिएसपी खड्काले जानकारी दिए। चन्द समूहका नेकपाका केन्द्रीयस्तरका नेता जिल्लामा पक्राउ परेको यो पहिलो घटना हो। यस अघि प्रहरीले क्षेत्रीय ब्युरो सदस्य सम्मलाई पक्राउ गरेको थियो। मंगलबार पक्राउ परेका पुन र बोहरा यस अघि पनि पक्राउ परेर छुटेका थिए।

प्रकाशित : श्रावण २२, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारस्थित सुबिसु कार्यालयमा आगलागी [अपडेट]

जनकराज सापकोटा

काठमाडौँ — बालुवाटारको चिनियाँ राजदूतावास नजिकैको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयको जेनेरेटरबाट आगो सल्केको भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए । 

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। बोगटीका अनुसार आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए। उनले भने, 'दमकल पुगिसकेको छ। आगो निभाउने प्रयास भइरहेको छ।'

सुबिसुको कार्यालयमा लागेको आगो निभाइँदै। तस्बिर : कविन अधिकारी


प्रकाशित : श्रावण २२, २०७६ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्