बालुवाटारस्थित सुबिसु कार्यालयमा आगलागी [अपडेट]

जनकराज सापकोटा

काठमाडौँ — बालुवाटारको चिनियाँ राजदूतावास नजिकैको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयको जेनेरेटरबाट आगो सल्केको भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए । 

बालुवाटारस्थित सुबिसु कार्यालयमा आगलागी [अपडेट]

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ । बोगटीका अनुसार आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए । उनले भने, 'दमकल पुगिसकेको छ । आगो निभाउने प्रयास भइरहेको छ।'

सुबिसुको कार्यालयमा लागेको आगो निभाइँदै । तस्बिर : कविन अधिकारी

प्रकाशित : श्रावण २२, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?