२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । 

कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

कांग्रेस सांसदहरुले बुधबार क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेस गरेका हुन् ।

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रंगमती शाही छिन् भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला र प्रकाश रसाइली स्नेही छन् । नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो सङ्ख्याले जडीबुटी सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ ।

नेपालमा उत्पादित र सङ्कलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौँ नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव :


  • नेपालको हिमाली तथा पहाडी भू–भाग जडिवुटी भण्डारको रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडिवुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडिवुटी पर्दछ ।


  • नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडिवुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिवुटी निकासीमा अवरोध उत्पन्न भएको हुादा संकलित जडिवुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ ।


  • तसर्थः क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिवुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानआकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ ।

प्रकाशित : श्रावण २२, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?