कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वायुसेवा निगम सुधार्न पर्यटनमन्त्रीद्वारा समिति गठन

सुरज कुँवर

काठमाडौँ — नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न 'निगम सुधार समिति' गठन गरेका छन् । बुधबार मन्त्रालयमा मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

वायुसेवा निगम सुधार्न पर्यटनमन्त्रीद्वारा समिति गठन

समितिमा चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, निगमका पूर्व क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ ।


समितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?