कांग्रेस नेता सिंहको स्वास्थ्य सुधारोन्मुख

अतुल मिश्र

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । सिंहलाई मधुमेहसँगै पिसाबमा संक्रमण देखिएपछि सोमबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 

उनको विभिन्न परीक्षण प्रतिवेदन परिणाम बुधबार आएपछि चिकित्सकले थप उपचार प्रक्रिया सुनिश्चित गर्ने अस्पतालले बताएको छ ।

यो पनि

प्रकाशित : श्रावण २१, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल बढ्यो

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसा बढेको छ । 

‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यासको मूल्य घटे पनि पेट्रोल, डिजेलमा बढेको छ,’ प्रवक्ता गोइतले भने। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्ने निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ। सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्छ। तर, पूर्ण रुपमा कार्यान्वयन भएको छैन।

प्रकाशित : श्रावण २१, २०७६ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्