१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वन अधिकृतसहित चारविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमका सहायक वन अधिकृत विनोदप्रसाद कानुसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कानुले तीन जना सप्लायर्ससँगको मिलेमतोमा नक्कली इजाजतपत्र बनाएर जिल्लाभित्रका जडीबुटीको चोरी निकासी गराई भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

वन अधिकृतसहित चारविरुद्ध मुद्दा

कानुले जिल्ला वन अधिकृत नभएको मौका पारी जडीबुटी निकासीमा ६ लाख १४ हजार ७ सय ३० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले कानुका अतिरिक्त नक्कली इजाजतपत्र बनाएर राज्यलाई कर छलेको अभियोगमा दुर्गाद्वीप इन्टरप्राइजेज, काठमाडौंका प्रोप्राइटर दुर्गाबहादुर खडका, दीपक जडीबुटी सप्लायर्स एन्ड ट्रेडर्स सुर्खेतका प्रोप्राइटर मानबहादुर वली र नेपाल हर्बल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रोप्राइटर लालबहादुर वलीविरुद्ध मुद्दा दायर गरेको हो ।


चारै जनालाई ६ लाख १४ हजार ७ सय ३० रुपैयाँ बराबरको बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी अख्तियारले गरेको छ ।


प्रकाशित : श्रावण २१, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?