मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि मोबाइल बन्द गर्न न्यायाधीश र कर्मचारीलाई निर्देशन

रासस

काठमाडौँ — उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि मोबाइल बन्द गर्न उनले मंगलबार निर्देशन दिएका हुन् । 

मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि मोबाइल बन्द गर्न न्यायाधीश र कर्मचारीलाई निर्देशन

देशैभरका अदालतहरुमा कजलिष्ट निस्केपछि न्यायाधीश तथा कर्मचारीहरुका मोबाइलका घण्टी बज्ने गरेको आरोप लागिरहेका बेला पाटन उच्च अदालतका मुख्य न्यायाधीश सुवेदीले कजलिष्ट निस्केपछि आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिइएको हो ।


मुख्य न्यायाधीश सुवेदीले न्यायाधीशहरुलाई पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भए पनि पूरा समय अदालतमा बस्न र पुराना मुद्दालाई घटाउन निर्देशन गरे । यसअघि, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकाभित्र विकृति विसङ्गति हटाउन आवश्यक निर्णय गर्न सबै तहका अदालतलाई परिपत्र गरिसकेका छन् ।

प्रकाशित : श्रावण २१, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?