बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति राजकुमार रौनियार धरौटीमा रिहा

कान्तिपुर संवाददाता

काठमाडौँ — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति राजकुमार रौनियारलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा गरेको छ । 

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति राजकुमार रौनियार धरौटीमा रिहा

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो । रौनियारका भतिजा डा. रामहरि रौनियार भने १० लाख धरौटीमा छुटेका छन् ।


अख्तियारले रौनियारद्वयविरुद्ध प्रतिष्ठानको भवन निर्माण गर्ने ठेकेदारसँग पटकपटक गरी १ करोड २५ लाख घूस लिएको अभियोगमा मुद्दा चलाएको थियो । अख्तियारले उनीहरूलाई ८ लाख रुपैयाँ घूससहित समातेको थियो ।


यो पनि पढ्नुहोस्:

वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूस सहित रंगेहात पक्राउ

प्रकाशित : श्रावण २१, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?