१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनसेलको कर विवादमा निर्णय सुनाउने मिति सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले एनसेलको कर विवादमा निर्णय सुनाउने मिति सारेको छ । मंगलबार निर्णय सुनाउने मिति तोकिएकोमा सर्वोच्चले आगामी साउन ३० गते निर्णय सुनाउने मिति तय गरेको हो ।

एनसेलको कर विवादमा निर्णय सुनाउने मिति सर्‍यो

सर्वोच्चले यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा अपनाइएको शैलीको अनुशरण गर्दै मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । पूर्ण इजलासको फैसला अन्तिम भई पुनरावलोकनमा जाने अवस्था हुदैन । यसअघि पनि एनसेलको मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिइएको थियो ।


आफूमाथि १० प्रतिशत पूँजीगत लाभकरबापत १४ अर्ब ३६ करोड रुपैयाँ कर निर्धारण हुनुपर्नेमा ३९ अर्ब ६ करोड रुपैयाँ निर्धारण गर्नु गलत हुने एनसेलको दाबी थियो ।


मुद्दा किनारा लगाउने बेलामा व्यक्त हुनुपर्ने रायलाई समेत सुरुमै प्रस्तुत गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आदेशमा भनेको थियो, ‘यसअघि नै एनसेलले २३ अर्ब ५६ करोड रुपैयाँ दाखिला गरिसकेकाले त्यो घटाएर माग गर्ने भनिएको देखिए तापनि निर्णय हुनुपूर्व नै बुझाइसकेको अग्रिम करको सो अंकलाई एकमुष्ठ लाग्ने करमा गणना गरी थप शुल्क लिने गरी भएको निर्णय मनासिव देखिएन ।’

प्रकाशित : श्रावण २१, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?