कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिवि सेवा आयोगमा भागबन्डाका आधारमा गरिएको नियुक्ति सच्याउन माग गरेका छन् । उनले आयोगमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेमा जोड दिएका छन् । 

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग

केसीले मंगलबार विज्ञप्ति जारी गरी विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति दलीय भागबन्डाका आधारमा गरिए आन्दोलन सुरु थाल्ने चेतावनीसमेत दिएका छन् । उनले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिलाई विश्वविद्यालयहरूमा नियुक्त नगर्न ध्यानाकर्षण गराएका छन् । ‘त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएको थियो । फेरि भाबन्डाकै आधारमा नियुक्ति गरिनु लज्जास्पद छ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन् ।


उनले विश्वविद्यालयलगायत सार्वजनिक संस्थाहरूमा योग्यता र वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दलीय भागबन्डाको मुसा–दौड रोकेर विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

यो पनि

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल

प्रकाशित : श्रावण २१, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?