कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पार्टी एकता कसैले हल्लाएर हल्लिन्न : महासचिव पौडेल

अमृता अनमोल

बुटवल — सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकता प्रक्रियामा समय लागे पनि परिपक्क र सहमतिका साथ निर्णय भएकाले अब पछाडि फर्कनु नपर्ने बताएका छन् ।

पार्टी एकता कसैले हल्लाएर हल्लिन्न : महासचिव पौडेल

मंगलबार बुटवलका पाटीका अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले हतारोमा टुंगाएर फुर्सदमा पछुताउने अवस्था नल्याउन एकता प्रक्रियामा ढिलाई गरेको प्रस्ट्याए । ‘एउटै स्कुलिङमा हुर्केका बीच त विवाद हुन्छ । हामी त दुईथरी स्कुलिङबाट हुर्किएका हौं', उनले भने, ‘यस्तोमा स-साना अन्तरविरोध र विवाद हुनु सामान्य हो । यसले फरक पार्दैन । वास्ता नगरौं ।’ उनले अब बाँकी काम पूर्ण सहमति र परिपक्क ढंगले गर्ने बताउँदै कसैले हल्लाएर हल्लीने वा भत्काउन खोज्दैमा नभत्किने दाबी गरे ।

महासचिव पौडेलले पार्टी अध्यक्ष दुइटा भए पनि एउटै सोच र मान्यता लिएर हिँडेकाले शंका नगर्न आग्रह गरे । ‘उहाँहरुको दुइटा टाउको भए पनि एउटै शरीर छ,’ उनले भने, ‘हाम्रो एकता प्रक्रिया ठीक ढंगले सुरु भएको हो । ठीक ठीक ढंगले पूरा हुन्छ ।’ पार्टीमा कुनै पनि नेता कार्यकर्ता जिम्मेवारी र दायित्वबाट बाहिर बस्नु नपर्ने नेता पौडेलले दाबी गरे ।


यसअघि कालिका क्याम्पसको अत्याधुनिक भवन शिलान्यास समारोहमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थपूर्ण र प्रभावकारी विकास निर्माणका लागि नागरिक निगरानी आवश्यक रहेको बताए ।



प्रकाशित : श्रावण २१, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?