१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सञ्चारमन्त्रीले भने- 'मिडिया काउन्सिल विधेयक अवश्य आउँछ'

रासस

जनकपुरधाम — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि संकटको प्रसंग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताएका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रमाथि संकट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताए । 

सञ्चारमन्त्रीले भने- 'मिडिया काउन्सिल विधेयक अवश्य आउँछ'

मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि संकट आएको चर्चा भ्रम छर्ने दुष्प्रयास भएको बताए ।


एक प्रश्नका जवाफमा उनले संविधानको संशोधन बेला, समय र आवश्यकता पुष्टि भएपछि गर्न सकिने स्पष्ट पार्दै सरकारले मिडिया विरोधी कुनै पनि कार्य नगरेको बताए ।


सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिनेछ उल्लेख गरे ।


उनले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराए ।


सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उनले भने, 'पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफैं सुधार गर्नुपर्दछ ।'


मन्त्री बाँस्कोटाले संघीय सरकारले प्रदेश २ सँग पक्षपात नगरी न्यायप्रणालीको सुरुआत गरेको उल्लेख गर्दै सिंगो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट गरे ।


हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उनले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्ने बताए ।


मन्त्री बाँस्कोटाले भने, 'अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।'

उनले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गरे ।

राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।


मन्त्री बाँस्कोटाले मिडियाले सरकारको योजना र जनताको चाहनाबीचको अवरोधलाई उजागर गरी गतिशील र तीव्रता दिने वातावरण निर्माणमा टेवा पुर्‍याउनु जरुरी भएको बताए । उनले चुरेको डरलाग्दो दोहन रोक्न संघ र प्रदेश सरकारको प्रयास आवश्यक रहेको धारणा पनि राखे ।

प्रकाशित : श्रावण २१, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?