कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तीन कर्मचारी घूससहित पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित तीन कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका शाखा अधिकृत चन्दनकुमार अमात्य, मालपोत कार्यालय टीकापुर कैलालीका नायब सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घूससहित पक्राउ परेका हुन् । 

तीन कर्मचारी घूससहित पक्राउ

अमात्य उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने नाममा सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।


कुँवर र पाण्डे भने जग्गा नापजाँच गरिदिएबापत सेवाग्राहीसँग लिएको ८ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारले तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?