कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात नियन्त्रणमा

कान्तिपुर संवाददाता

पोखरा — उपकरण खरिद र सामाजिक सेवा एकाइ सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको पोखरा कार्यालयले आइतबार छानबिनका लागि भन्दै प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कागजात नियन्त्रणमा लिएको हो । 

अख्तियारद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात नियन्त्रणमा

अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार गतवर्ष एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी परेको थियो ।


सामाजिक सेवा एकाइ सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी छानबिन गर्न भने कागजात नियन्त्रणमा लिन नपाएको उनले बताए । प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापा काठमाडौं रहेकाले उनी आएपछि कागजात बुझाउने जानकारी प्राप्त भएको उनले सुनाए ।


अस्पतालभित्र सामाजिक सेवा एकाइ सञ्चालनका लागि अस्पतालले असार २३ मा सार्वजनिक सूचना जारी गरेको थियो । चार गैरसरकारी संस्थाले निवेदन दिएका थिए । एकाइ सञ्चालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था छ ।


अस्पताल व्यवस्थापन समितिलाई बेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिले आर्थिक चलखेल गरेको उजुरी अख्तियारमा परेको थियो । एकाइ सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सपोर्ट ग्रुप र टिम लिडर लोकल अर्गनाइजेसन (टोली) समेतले आवेदन दिएका थिए ।

प्रकाशित : श्रावण २०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?