कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सांसद महतोको सरकारलाई प्रश्न- 'कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको हो?'

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चारमाध्यमहरुमा 'राजपा सांसद राजेन्द्र महतोको नागरिकता रद्द' भएको समाचार आएपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाएका छन् । सोमबार संसदमा विशेष समय लिएर बोल्दै सांसद महतोले यसबारे खण्डन गर्दै
आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् ।

सांसद महतोको सरकारलाई प्रश्न- 'कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको हो?'

सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो भन्ने विषय स्पष्ट रुपमा नखुलाउँदा सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको उनले बताए ।


सरकारले भ्रमको खेती गर्न थालेको नेता महतोको भनाइ छ । 'सरकारले जानकारी दिँदा प्रस्ट रुपमा ठेगानासहित उल्लेख गरेर जानकारी दिनुपर्थ्यो । भ्रम छरेर म विरुद्ध गलत प्रचारप्रसार भएको छ,' महतोले भने, 'कुन राजेन्द्र महतो हो भनेर नेपाल सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा ठेगाना उल्लेख गर्नुपर्थ्यो । भ्रमको खेती गर्न खोजेको देखियो ।'


उनले सरकारले माफी माग्नुपर्ने बताउँदै भने, 'सरकार यस्ता विषयहरुमा संवेदशील हुनुपर्छ ।'

प्रकाशित : श्रावण २०, २०७६ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?