कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चार केजी सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका छन् ।

चार केजी सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ

आइतबार राति हङकङबाट १०:५० बजे काठमाडौं ओर्लिएका लीको साथमा रहेको ब्याग भित्र कपडाको बेल्टमा एक केजी तौलका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।


विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार परिक्षणमा उक्त सुन सक्कली नै रहेको पुष्टि भएपछि चिनियाँ नागरिकलाई थप अनुशन्धानका लागि प्रहरी हिरासतमा पठाइएको छ ।


प्रकाशित : श्रावण २०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?