प्रधानमन्त्री स्वास्थ्य परीक्षण गर्न सिंगापुर प्रस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी राति १० बजे सिल्क एयरबाट त्यसतर्फ गएका हुन् । उनले सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गराउने छन् ।

प्रधानमन्त्री स्वास्थ्य परीक्षण गर्न सिंगापुर प्रस्थान

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् । उनी स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि सिंगापुरको अस्पताल गएका हुन् ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उनलाई सिंगापुर जान सुझाव दिएका थिए ।


ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ ।



प्रकाशित : श्रावण १८, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?